You are viewing the translated version of अस्वाभाविक सम्पत्ति उपरको निर्णय.
Section 55
अस्वाभाविक सम्पत्ति उपरको निर्णय
(१) ऐनको दफा २८ बमोजिम कुनै व्यक्तिले कसूरबाट प्राप्त गरेको सम्पत्ति बाहेकको अन्य अस्वाभाविक सम्पत्ति कसूरबाट प्राप्त सम्पत्ति भए वा नभएको सम्बन्धमा आवश्यक मापदण्ड तयार गरी सोको आधारमा विश्लेषण: र् मूल्याङ्कन गरी सिफारिस गर्न अनुसन्धान गर्ने कार्यालयमा देहाय बमोजिमको एक सिफारिस समिति रहनेछः-
(क) अनुसन्धान गर्ने कार्यालयको प्रमुख - संयोजक
(ख) सम्बन्धित जिल्लाको प्रमुख कोष नियन्त्रक वा निजले तोकेको अधिकृत वा अचल सम्पत्तिको हकमा सम्बन्धित जिल्लाको प्रमुख मालपोत अधिकृत वा निजले तोकेको अधिकृत -सदस्य
(ग) सम्बन्धित अनुसन्धान अधिकारी -सदस्य-्सचिव
(२) उपनियम (१) बमोजिमको सिफारिस समितिबाट भएको विश्लेषण र मूल्याङ्कढनबाट अस्वाभाविक सम्पत्ति रहेको देखिएमा त्यस्तो सम्पत्ति ऐनको दफा २८को उपदफा (४) र
(५) बमोजिम जफत गर्ने वा ऐनको दफा २८ को उपदफा
(६) बमोजिमको कारबाहीको लागि: विभागमार्फत् आन्तरिक राजस्व विभागमा लेखी पठाउने. सम्बन्धमा देहायको अधिकारीले निर्णय गर्नु पर्नेछ:-
(क) त्यस्तो सम्पत्तिको मूल्य दश करोड रुपैयाँसम्म भएमा अनुसन्धान गर्ने कार्यालयको प्रमुखले, र
(ख) त्यस्तो- सम्पत्तिको मूल्य दश करोड रुपैयाँभन्दा बढी भएमा अनुसन्धान गर्ने निकायको प्रमुखले वा निजले तोकेको कम्तीमा राजपत्राड्गित प्रथम श्रेणी वा सो सरहको अधिकृतले ।